बारामा तोकिए निर्वाचन अधिकृत, मतदाता चार लाख बढी (स्थानिय तहको विवरणसहित)


eShilalekh

१४ चैत्र २०७८, सोमबार १३:१८

सिमरा: बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले बाराको मतदाता संख्यासहित मतदान स्थल, केन्द्र र निर्वाचन अधिकृतको टुंगो लगाएको छ । आयोगले जिल्लाको १६ वटै स्थानिय तहको विवरण सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार बारामा चार लाख २३ हजार तीन सय २७ मतदाता बैशाख ३० गतेको निर्वाचनमा सहभागी हुदैछन् । जसमध्ये दुई लाख ३१ हजार आठ सय २६ पुरुष, एक लाख ९१ हजार चार सय ९० महिला र ११ जना अन्य रहेका छन् ।

आयोगले बारामा तीन सय तीन मतदान स्थल र पाँच सय ४१ मतदान केन्द्र तोकेको छ । १६ स्थानिय तहमा हुने निर्वाचनका लागि भुगोल र जनसंख्याका आधारमा स्थल र केन्द्र तय गरेको हो ।

आयोगले जिल्लामा एक मुख्य निर्वाचन अधिकृत र १५ निर्वाचन अधिकृत तोकेको छ । कलैया उपमहानगरपालिकाको निर्वाचन समेत सम्पन्न गर्ने जिम्मेवारीसहित आयोगले बारा जिल्ला अदालतका न्यायाधीश खिलनाथ रेग्मीलाई बाराको मुख्य निर्वाचन अधिकृत तोकेको हो । अन्य १५ स्थानिय तहमा निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार बाराको १६ स्थानिय तहमा मतदाता संख्या, मतदान अधिकृत, मतदान स्थल र केन्द्रको  विवरण यस्तो छ ।

कलैया उपमहानगरपालिका
पुरुष: ३९६६२
महिला: ३०६९३
अन्य : १
जम्मा : ७०३५६
मतदान : स्थल ५६
मतदान केन्द्र संख्या : ९२
मुख्य निर्वाचन अधिकृत: खिलनाथ रेग्मी

जीतपुरसिमरा उपमहानगरपालिका
पुरुष : ३६९६२
महिला : ३३१०२
जम्मा : ७००६४
मतदान स्थल : ४३
मतदान केन्द्र संख्या : ८९
निर्वाचन अधिकृत:  टिका मणी नेउपाने

कोल्हबी नगरपालिका
पुरुष : १४७४१
महिला :१४२४३
अन्य :२
जम्मा :२८९८६
मतदान :स्थल २५
मतदान केन्द्र संख्या ३९
निर्वाचन अधिकृत : रमेश श्रेष्ठ

निजगढ नगरपालिका
पुरुष : १४१८२
महिला : १४१९२
अन्य : २
जम्मा : २८३७६
मतदान स्थल : १६
मतदान केन्द्र संख्या : ३६
निर्वाचन अधिकृत : शम्भु प्रसाद बराल

महागढीमाई नगरपालिका
पुरुष : १८०६९
महिला : १४३८५
जम्मा : ३२४५४
मतदान स्थल : २५
मतदान केन्द्र संख्या : ४३
निर्वाचन अधिकृत: टिका राज पोखरेल

सिम्रौनगढ नगरपालिका
पुरुष : १६४४९
महिला : १२९७५
जम्मा : २९४२४
मतदान स्थल : २५
मतदान केन्द्र संख्या : ३९
निर्वाचन अधिकृत : मनोज प्रसाद गुप्ता

पचरौता नगरपालिका
पुरुष : १११८१
महिला : ८६६२
जम्मा : १९८४३
मतदान स्थल : १८
मतदान केन्द्र संख्या : २६
निर्वाचन अधिकृत : निरबहादुर दाहाल

करैयामाई गाँउपालिका
पुरुष : ९०८१
महिला : ७५७९
जम्मा : १६६६०
मतदान : स्थल १५
मतदान केन्द्र संख्या : २१
निर्वाचन अधिकृत : जुद्धबहादुर आले

बारागढी गाँउपालिका
पुरुष : ९०३९
महिला : ७४०१
जम्मा : १६४४०
मतदान स्थल : ११
मतदान केन्द्र संख्या : २१
निर्वाचन अधिकृत : राजेन्द्रप्रसाद पौडेल

परवानीपुर गाँउपालिका
पुरुष : ८०५५
महिला : ६३१४
अन्य : २
जम्मा : १४३७१
मतदान स्थल : ९
मतदान केन्द्र संख्या : १८
निर्वाचन अधिकृत : मेघनाथ रिमाल

प्रसौनी गाँउपालिका
पुरुष : ९०१९
महिला : ७१३९
जम्मा : १६१५९
मतदान स्थल : ९
मतदान केन्द्र संख्या : २०
निर्वाचन अधिकृत : देवकुमार बराल

आदर्श कोतवाल गाँउपालिका
पुरुष : ८८२६
महिला : ६८८६
अन्य : १
जम्मा : १५७१३
मतदान स्थल : ९
मतदान केन्द्र संख्या : १९
निर्वाचन अधिकृत : नवराज जोशी

देवताल गाँउपालिका
पुरुष : ८३०८
महिला : ६३२०
जम्मा : १४६२८
मतदान स्थल : १०
मतदान केन्द्र संख्या : १८
निर्वाचन अधिकृत : राजनकुमार बी.सी.

सुवर्ण गाँउपालिका
पुरुष : १०१८७
महिला : ७४४९
जम्मा : १७६३६
मतदान स्थल : १२
मतदान केन्द्र संख्या : २१
निर्वाचन अधिकृत : शम्भुप्रसाद रेग्मी

फेटा गाँउपालिका
पुरुष : ९४७५
महिला : ७२४८
अन्य : ३
जम्मा : १६७२६
मतदान स्थल : ११
मतदान केन्द्र संख्या : २०
निर्वाचन अधिकृत : गोपीकृष्ण रेग्मी

बिश्रामपुर गाँउपालिका
पुरुष : ८५९०
महिला : ६९०२
अन्य : ३
जम्मा : १५४९२
मतदान स्थल : ९
मतदान केन्द्र संख्या : १९
निर्वाचन अधिकृत : गणेश बहादुर अधिकारी

प्रतिक्रिया दिनुहोस्