गणतन्त्र दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा दीप प्रज्वलन


eShilalekh

१६ जेष्ठ २०८२, शुक्रबार ०७:४१

सिमरा: गणतन्त्र दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले बिहीवार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्ती राज प्रसाईंको विशेष उपस्थितिमा दीप बालिएको थियो । कार्यक्रमले लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्मान गर्दै राष्ट्रप्रति समर्पण भाव झल्काएको प्रमुख प्रशासकीय अधिकृत प्रसाईंले बताए ।

कार्यक्रममा उपसचिव शिवजी प्रसाद, वडा नं. १२ का वडाध्यक्ष श्यामबाबू खाँ, वडा नं. १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, उपमहानगरपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख बालाराम खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्