धनुषामा हतियार प्रदर्शन गर्दै भिडियो बनाउने युवती पक्राउ


eShilalekh

६ कार्तिक २०८३, शुक्रबार २०:०४

जनकपुर: सार्वजनिक स्थानमा हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका-६ की अन्दाजी २६ वर्षीया नजिमा खातुन रहेकी छन्।

प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार खातुनले समाजमा हिंसा र त्रास फैलाउन उत्प्रेरित गर्ने गरी सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेकी थिइन्। उनले उक्त गतिविधिको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गरेको पाइएपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेकी खातुनमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्