जीतपुरसिमरा पाचौं टी–२० हरपुर च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदै

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २४ स्थित हरपुरमा शनिबार (भोलि) देखि जीतपुरसिमरा पाचौं टी-२० हरपुर च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख राजन पौडेलले गर्ने कार्यक्रम रहेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोग र हरपुर क्रिकेट क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।
सहभागी टिमहरूमा बारा, पर्सा, रौतहट, मकवानपुर, नेशनल इन्फोटेक वीरगन्ज र आयोजक रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल रौतहट र मकवानपुरबीच हुनेछ ।
प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार प्राप्त गर्ने क्लबका अध्यक्ष सेराजुल अंसारीले जानकारी दिए ।
प्रतियोगितालाई मधेश प्रदेश क्रिकेट संघ र बारा जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।