दोस्रो करैयामाई गोल्डकपः नव जनजागृति युवा क्लब सेमिफाइनलमा प्रवेश


eShilalekh

२७ जेष्ठ २०८२, मंगलवार २२:१५

सिमराः नव जनजागृति युवा क्लब सिमरा दोस्रो करैयामाई गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । उमजन खेल मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सनराईजिङ युवा क्लबलाई १–० ले पराजित गर्दै एनजेजेवाईसी अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक नव जन प्रगति युवा क्लब र एपीएफ बर्दिबास आमनेसामने हुनेछन् ।

करैयामाई गाउँपालिकाको सहयोगमा नव जन प्रगति युवा क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्