रौतहटमा गाडीको ठक्करबाट युवकको मृत्यु, राजमार्ग अवरुद्ध


eShilalekh

२९ जेष्ठ २०८२, बिहीबार १०:१६

सिमरा: पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुरमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ठक्करबाट स्थानीय ३५ वर्षीय बुद्ध लिम्बुको मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधनको पहिचान हुन सकेको छैन । घटना बिहीबार बिहान करिब ६ बजे भएको हो ।

घटनापछि आक्रोशित स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन्। उनीहरूले दोषी सवारीको पहिचान गरी कारवाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरिरहेका छन् ।

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन ठप्प भएको छ। प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्