लुम्बिनी सेवा समाज अमेरिकाको छैठौं साधारण सभा सम्पन्न


रामप्रसाद अधिकारी

१ भाद्र २०८३, सोमबार १९:१७

टेक्सास (अमेरिका): लुम्बिनी सेवा समाज अमेरिकाको छैठौं साधारण सभा सम्पन्न भएको छ। साधारणसभामा अध्यक्ष युधिष्ठिर नेपालद्धारा प्रस्तुत नीतिगत प्रतिवेदन, महासचिव दीपक भण्डारीद्धारा प्रस्तुत कार्य प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेश ज्ञवालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित भएका छन् ।

समाजका अध्यक्ष नेपालको अध्यक्षतामा मन्त्र रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष विजय भुषाल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष प्रेम अधिकारी, उपाध्यक्ष छवि चापागाईं, ब्लड डोनर्स एसोसिएसन टेक्सास च्याप्टरका अध्यक्ष सन्तोष कार्की, तामाङ सोसाइटी टेक्सासका अध्यक्ष कुमार तामाङ, मगर समाज टेक्सासका अध्यक्ष भीम थापा र एभरेष्ट फेडरल क्रेडिट युनियनका संस्थापक अध्यक्ष एवम् समाजका सल्लाहकार मोहन ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।

सन् २०२१ मा टेक्सासमा स्थापना भई ‘सेवा र एकता हाम्रो प्रतिबद्धता’ भन्ने मूल भावनाका साथ अघि बढिरहेको समाजले नेपाली समुदायबीच आपसी एकता, सहकार्य, सामाजिक सेवा, नेपाली भाषा, कला र संस्कृतिको संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ । सहभागीहरूले समाजका सेवामूलक गतिविधिको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्