सांसद मैनालीले मैदानमै पुगेर भेटे विद्यार्थी खेलाडी

सिमराः बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेका पोलिटव्यूरो सदस्य अच्युत मैनालीले बिहीवार निजगढ फुटबल क्लबका खेलाडीसंग भेट गरेका छन् । सहीद हिरालाल रंगशालामा प्रशिक्षणरत खेलाडीसंग भेट गर्दै सांसद मैनालीले स्वास्थ्य र अनुशासनका लागि खेलकुदको महत्व रहेको बताए ।
खेलाडीलाई हौसल बढाउँदै सांसद मैनालीले अध्ययन र खेललाई संगै अघि बढाउन आग्रह गरे । संसदको बेरुजु फस्र्यौट समितिका अध्यक्ष समेत रहेका मैनालीले आर्थिक वर्ष २०८२।८३ मा सरकारले लिएको ‘एक प्रदेश तीन विद्यालयमा खेलकुद एकेडेमी’ निर्माण गर्ने नीतिलाई कार्यान्यवन गराउनुपर्ने बताए ।
मैनालीले मधेश प्रदेशको तीन एकेडेमीमध्ये एउटा एकेडेमी निजगढमा बनाउनका लागि आफूले पहल गर्ने समेत बताए । सांसद मैनालीले निजगढसंगै बारा क्षेत्र नं. १ मा खेलको विकासमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
एक खेलाडी विद्यार्थीले सांसद मैनालीसंगको भेटले उत्साह थपिएको प्रतिक्रिया दिए । भेटका क्रममा नेकपा एमालेका नेता एकबहादुर श्रेष्ठ, निजगढ नगर कमिटी अध्यक्ष तिलक घलानलगायतको उपस्थिती रहेको थियो ।