धनुषामा वडाध्यक्ष शीवा पासमानसहित नेताहरू एमालेमा प्रवेश


eShilalekh

१८ श्रावण २०८२, आईतवार १९:४६

धनुषा: धनुषा जिल्लाको कमला नगरपालिका ५ का निर्वाचित वडाध्यक्ष शीवा पासमान नेकपा (एमाले) प्रवेश गरेका छन्। नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष पासवानसँगै युवा नेता अजय गौइतलगायत अन्य स्थानीय नेताहरूले पनि एमालेको सदस्यता लिएका हुन्।

उनीहरूले आइतबार नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, प्रदेशसभा सदस्य लखन दासको हातबाट औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। कमलामा आयोजित कार्यक्रममा एमालेका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेस प्रदेशसभा सदस्य लखन दासले वडाध्यक्षस्तरका जनप्रतिनिधि पार्टीमा प्रवेश गर्नु स्थानीय तहमा संगठन बलियो बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए।

एमालेमा प्रवेश गरेका नेताहरूले पार्टीको विचार, नीति तथा राष्ट्रिय नेतृत्वप्रति विश्वास जनाउँदै अब आगामी दिनमा पार्टीलाई अझ सशक्त बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्