एकीकृत समाजवादीको वडा कमिटी अध्यक्षसहित १४ जना एमालेमा प्रवेश

सिमराः नेकपा एकीकृत समाजवादीको जीतपुसिमरा उपमहानगरपालिका वडा नं. १० का वडा कमिटी अध्यक्षसहित १४ जना सोमबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सिमरामा आयोजित एक कार्यक्रमकाबीच वडा कमिटी अध्यक्ष टईट महतो, सचिव जोगी हजरासहित नगर कमिटी सदस्य र वडा कमिटी सदस्य एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्ने अन्यमा एकीकृत समाजवादीको जीतपुरसिमरा नगर कमिटी सदस्य लालबाबु पाण्डे, वडा नं. १० को वडा कमिटी सदस्य मदन दास, मनोज यादव, मोइत महतो, श्यामबिहारी महतो, वीरेन्द्र महतो, बिजयमल ठाकुर, रामानन्द हजरा, राजवंशी हजरा, जंगबहादुर साह, रमेश महतो, मदन महतो रहेका छन् ।
एमाले पोटिलव्यूरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले प्रदेश सचिवालय सदस्य सुन्दर विक, एमाले प्रदेश कमिटी सदस्य एवम् मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, एमाले नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतले उनीहरुलाई स्वागत गरेका थिए ।
नगर कमिटी अध्यक्ष शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य किशोर शर्मा, कमलेश झा, एमाले बाराका सचिव अमृत शर्मा बजगाईं, एमाले नेता कृष्ण खनाल, जीतपुरसिमरा १६ का वडाध्यक्ष हरिदेव खरेल, एमाले नगर उपाध्यक्ष कैमुदिन अंसारीलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण नगर कमिटी सचिव रवीन्द्रराज भण्डारीले गरेका थिए ।