त्रिभूवन आर्मी नेपोभिट महिला फुटबलको फाइनलमा प्रवेश


eShilalekh

२७ भाद्र २०८२, शुक्रबार २१:५१

सिमराः रौतहटमाथि फराकिलो जित निकाल्दै विभागीय टिम त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी नेपोभिट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ८–० ले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीको जितमा शर्मिला थापा एक्लैले चार गोल गरिन् । यसैगरी जेनिफर राना मगरले दुई, दिपा शाही र तुलसा बोहोराले समान एक–एक गोल गरे ।

जेनिफरले खेलको २१औं र २५औं मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा २–० को अग्रता दिलाएकी थिईन् । आर्मीले थप ६ गोल भने दोस्रो हाफमा गरेको हो । ह्याट्रिक पूरा गरेकी शर्मिलाले ५३, ६५, ७१ र ७२औं मिनेटमा लगातार चार गोल गर्दै गोलअन्तर फराकिलो पारेकी थिईन् ।

आर्मी सामु निरिह देखिएको रौतहटले ७७ र ८० मिनेटमा थप दुई गोल खान पुगेको थियो । आर्मीको जितमा चार गोल गरेकी शर्मिला प्लेयर अफ दि म्याच घोषित भईन् । उनले पाँच हजार नगद प्राप्त गरिन् ।

प्रतियोगिता अन्तर्गत शनिबार दुई विभागिय टिमबीच दोस्रो सेमिफाइनल खेल हुनेछ । दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्