जीतपुरमा फेला परेकी नाबालिकासंगको नाता दाबी गर्न उपमहानगरको ३० दिने सूचना


eShilalekh

२८ आश्विन २०८२, मंगलवार १६:३८

सिमराः बाराको जीतपुरसिमरा ७ मगरटोलमा असोज १६ गते राति बेवारिसे अवस्थामा फेला परेकी एक वर्षीया नाबालिकासंगको नाता हकदाबी गर्न सूचना जारी भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाकी बाल कल्याणकारी अधिकृत दुर्गा न्यौपानेले मंगलबार नाबालिकाको जैविक अभिभावक तथा नाता सम्बन्ध प्रमाणित हुने गरी सम्पर्क गर्न एक महिने हकदाबी सूचना जारी गरेकी हुन् ।

नाबालिकाको जैविक अभिभावकले नाता प्रमाण खुल्ने कागजातसहित ३० दिनभित्र सम्पर्क गर्न सूचनामार्फत आग्रह गरिएको छ । नाबालिका फेला परेको १३ दिन वितिसक्दा पनि उनको अभिभावक सम्पर्कमा आएका छैनन् ।

अभिभावक सम्पर्कमा नआउँदा बालिकालाई स्थानीय सरकार जीतपुरसिमरा उपमहानगरपालिकाको निगरानीमा जनप्रतिनिधिको घरमा राखिएको छ । नाबालिका अहिले जीतपुरसिमराको न्यायीक समिति सदस्य सिता उप्रेतीको संरक्षणमा छिन् ।

बालिकालाई कसले र किन छोड्यो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्