प्रहरी दिवसको अवसरमा जीतपुरसिमरा २० मा आँखा शिविर सम्पन्न

सिमराः ७०औं प्रहरी दिवसको अवसरमा सिमरास्थित ईलाका प्रहरी कार्यालयले शनिबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका २० स्थित वडा कार्यालय भवनमा शिविर आयोजना गरिएको हो ।
शिविरमा ४० महिला र २४ पुरुषको निःशुल्क आँखा परीक्षण गरिएको थियो । वीरगन्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा नेत्र विशेषज्ञ डा. महेश सिंह धामीले आँखाको जाँच गरेका थिए ।
शिविर उद्घाटनका क्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशी, वडा नं. २० का वडाध्यक्ष रसुल मियाँ अंसारीलगायतको उपस्थिती रहेको थियो ।