सिमरा पब्लिकले उचाल्यो अक्षरा अन्तरविद्यालय महिला क्रिकेटको उपाधि


eShilalekh

२९ कार्तिक २०८२, शनिबार १७:२४

सिमराः आयोजक अक्षरा पाठशालालाई स्तब्ध पार्दै सिमरा पब्लिक इङ्लिस स्कुल (एसपीईएस) ले ‘प्रथम अक्षरा अन्तरविद्यालय महिला क्रिकेट’ को उपाधि उचालेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सिमरा पब्लिकले अक्षरालाई १५ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिमरा पब्लिकले निर्धारित १० ओभरमा तीन विकेट गुमाएर ७१ रन जोडेको थियो । उसका लागि रिया श्रेष्ठले २४ र अनुष्का कार्कीले १३ रन बनाईन् । अक्षराकी प्रिन्सा पौडेलले दुई र सुस्मिता चौधरीले एक विकेट लिएकी थिईन् ।

७२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको अक्षराले १० ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनायो । अक्षराकी अमिश कार्कीले १७ र प्रिन्सा पौडेललले सात रन जोड्दा अन्य ब्याटर चल्न सकेनन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिमरा पब्लिककी विनिशा लामछिाने घोषित भईन् । यसैगरी प्रतियोगिता अवधीभर ७३ रन बनाएकी रिया श्रेष्ठ उत्कृष्ट ब्याटर र आठ विकेट लिएकी प्रिन्सा पौडेले उत्कृष्ट बलर घोषित भए । श्रेष्ठ फाइनल खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन् ।

विजेता तथा उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका मधेश प्रदेश कोषाध्यक्ष सुवास जयसवाल, एन प्याब्सनका केन्द्रीय सदस्य रामप्रसाद अधिकारी, अक्षका प्रिन्सिपल नरेन्द्र तामाङ, सिमरा पब्लिकका प्रिन्सिपल बसन्त ढकाल, एकताका प्रिन्सिपल मदन रिजाल, पाथीभरका प्रिन्सिपल लक्की रिमाल, सुवास अधिकारी, सिमरा क्रिकेट क्लबका अध्यक्ष पंकज शर्मा, विष्णु लामिछानेलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्