पाथीभरा अन्तरविद्यालय पुरुष भलिबलमा आज सेमिफाइनल भिडन्त


eShilalekh

१९ मंसिर २०८२, शुक्रबार ०८:४६

सिमरा: सिमरामा जारी पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनल खेल हुँदैछन् ।

पहिलो सेमिफाइनलमा अक्षरा पाठशाला र एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमी भिड्नेछन् । यसैगरी दोस्रो सेमिफाइनल खेल लोटस एकेडेमी  र राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदनबीच हुनेछ ।

यसअघि बिहिवार भएको क्वाटरफाइनल खेलमा एक्स सर्भिसम्यान र राष्ट्रिय विभूति बिजयी भएको थियो ।

एक्स सर्भिसले आयोजक पाथीभरा स्कुललाई २-१ को सेटमा पराजित गरेको हो । खेलको `प्लेयर अफ दि म्याच´ एक्स सर्भिसका प्रशान्त चौधरी घोषित भए ।

यसैगरी अर्को क्वाटरफाइनल खेलमा राष्ट्रिय विभूतिले स्नो एपेक्सलाई २-० को सोझो सेटमा पराजित गरेको हो । खेलको `प्लेयर अफ दि म्याच´ विभूतिका आदर्श चौधरी घोषित भए ।

प्रतिक्रिया दिनुहोस्