एनपीएलमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै

सिमराः नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (शुक्रबार) जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । दुई टिमबीचको खेल अपरान्ह ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
आजको खेल जनकपुरका लागि निकै महत्वपूर्ण छ । प्रतियोगिताको प्लेअफमा पुग्ने आशा जिवित राख्न जनकपुरलाई आजको खेल जित्नैपर्ने हुन्छ ।
जनकपुर अंकतालिकाको पुछारमा छ । हालसम्म पाँच खेल खेलेको जनकपुरले एउटा खेलमात्रै जितेर दुई अंक बटुलेको छ ।
सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, काठमाडौं गुर्खाजसंग पराजित भएको जनकपुरले पाचौं खेलमा चितवन राईनोजलाई ६ विकेटले पराजित गरेको थियो ।
लुम्बिनी अंकतालिकाको चौथो स्थानमा छ । हालसम्म ६ खेल खेलेको लुम्बिनीले तीन खेलमा जीत हात पार्दै ६ अंक बटुलेको छ । लुम्बिनीका लागि पनि यो खेल निकै महत्वपूर्ण छ । जनकपुरलाई हराए लुम्बिनी शिर्ष ४ भित्र कायम रहनेछ ।





