मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवद्वारा शपथ ग्रहण

सिमराः मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले उनलाई शपथ ग्रहण गराएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता यादवलाई मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो ।
शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको थियो ।
नवनियुक्त मुख्यमन्त्री यादवले यही मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।





