जीतपुरसिमरा: लोसपाका दुई वडाध्यक्षले दिए उम्मेदवारी


eShilalekh

११ बैशाख २०७९, आईतवार २०:५९

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकामा निर्वाचित दुई वडाध्यक्षले वडाध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट दुई वडाध्यक्षले उम्मेदवारी दर्ता गराएका हुन् ।

उमहानगरपालिकाको कार्यालयमा पुगेर वडा नं. ८ का अध्यक्ष रामबाबु राउत कुर्मी र १० का वडाध्यक्ष सरोज कुमार राउतले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनु अघि दुवैले आफ्नो पदबाट राजिनामा दिएका थिए । कुर्मी र राउत २०७४ को निर्वाचनमा निर्वाचित भएका थिए । तत्कालिन राजपाबाट निर्वाचित भएका उनिहरु अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् । लोसपाबाट उनिहरुले अन्य सदस्यसहित उम्मेदवारी दिएका हुन् ।

वडा नं. १० मा वडाध्यक्ष राउतसंगै खुल्ला सदस्यमा रजती महतो धानुक, राजेन्द्र महतो, महिला सदस्यमा सोना देवी यादव र दलित महिला सदस्यमा मन्तरिया देवीले उम्मेदवारी दर्ताका गराएका छन् ।

यसैगरी वडा नं. ८ मा अध्यक्ष कुर्मीसंगै खुल्ला सदस्यमा तरुण सहनी, योगेन्द्र प्रसाद महतो, महिला सदस्यमा प्रभा देवी महतो र दलित महिला सदस्यमा सविता देवीले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्