पर्सामा तीन किलोभन्दा बढी लागूऔषध गाँजासहित भारतीय युवक पक्राउ


eShilalekh

१० पुष २०८२, बिहीबार १३:३४

सिमराः पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार राज्य पश्चिम चम्पारणग्राम नरकटिया ११ का २६ वर्षीय सुमित कुमार रहेका छन् ।

इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको बिआर २२ बिएल ०६३२ नम्बरको मोटरसाइकललाई रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा सुमितको शरीरमा प्लाष्टिकले बेरिएको अवस्थामा तीन किलो एक सय २० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको हो ।

यसैगरी उनिसंग २६ हजार पाँच सय भारतीय रुपैयाँसमेत बरामद भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजु कार्कीले जनाएका छन् ।

बरामद लागूऔषध र मोटरसाइकलसहित सुमितलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्