६४ किलो गाँजासहित सिम्रौनगढबाट दुई जना पक्राउ


eShilalekh

१२ पुष २०८२, शनिबार १५:३७

सिमराः प्रहरीले बाराको सिम्रौनगढबाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । बोरामा लुकाएर ६४ किलो गाँजा भारततर्फ लगिरहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका ४० वर्षीय राजकिशोर हजरा र भारत मोतिहारीका ५० वर्षीय सुरेश नामका एक व्यक्ति रहेका छन् । ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह र प्रहरी चौकी अमृतगञ्जखजानी बाराबाट प्रहरी सहायक निरीक्षक विश्वराजप्रसाद कुशवाहाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुलाई सिम्रौनगढ नगरपालिका ३ बडपुरवास्थित गगनानगरबाट नयाकाटोल जाँदै गरेका बेला पक्राउ गरेको निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिए । उनिहरुको साथबाट चार बोरा गाँजा बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्