२४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-धन्सार सडक


eShilalekh

१६ पुष २०८२, बुधबार ०९:१५

रौतहट: एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर-धन्सार सडकखण्ड २४ घण्टापछि खुलेको छ ।

प्राविधिकको टोलीले ट्यांकरको ग्यास खाली गरेर सडकबाट हटाएसंगै बुधबार बिहान राजमार्ग खुलेको हो । उक्त ट्यांकर मंगलबार बिहान पल्टिएको थियो ।

ट्यांकर पल्टिएर सडकमै ग्यास लिन हुन थालेपछी प्राविधिक टोलीलाई हटाउन समय लागेको हो । उक्त ट्यांकरमा २१ टन ग्यास रहेको बताइएको छ ।

करिब एक हजार पाँच सय सिलिन्डर बराबरको ग्यास निकालेर ट्यांकरलाई हटाएपछि राजमार्ग खुलेको हो । राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनले २४ घण्टादेखि वैकल्पिक मार्ग प्रयोग गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्