२५औं सशस्त्र प्रहरीको दिवसको अवसरमा पथलैयामा सरसफाइ


eShilalekh

१६ पुष २०८२, बुधबार १४:३७

सिमराः २५औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालयले बुधबार सरसफाइ कार्यक्रम गरेको छ । शिक्षालयले पथलैयास्थित धर्मेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरेको हो ।

सरसफाइ कार्यक्रममा शिक्षालयका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) अमरराज वैद्य, सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र क्षेत्री, सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र पुलामीसहित सशस्त्र प्रहरीका अधिकृत तथा जवानहरु, मन्दिरका पदाधिकारी, सदस्यलगायतको उपस्थिती रहेको थियो ।

दिवसको अवसर पारेर रचनात्मक कार्यक्रम अन्तर्गत मन्दिर सरसफाइ गरिएको डिएसपी वैद्यले जानकारी दिए । शिक्षालयले दिवसको अवसर पारेर सचेतनामुलक कक्षा, रक्तदान कार्यक्रम, खेलकुदलगायतका कार्यक्रमको आयोजना गर्नेछ ।

मुलुकको एकमात्र अर्धसैनिक बल सशस्त्र प्रहरी बल नेपालले २०८२ माघ ९ गते २५औं सशस्त्र प्रहरी दिवस मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्