जीतपुरसिमराः गठबन्धनबाट पौडेल र शाहीले गरे मनोनयन दर्ता


eShilalekh

१२ बैशाख २०७९, सोमबार १७:३६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका तर्फबाट राजन पौडेल र उपप्रमुखमा मेघा शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेल र शाहीले उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएको हो ।

प्रमुख पदका उम्मेदवा पौडेलको प्रस्तावकमा जयराम दाहाल र समर्थकमा कृष्णव्रत सिंह रहेका छन् । शाहीको प्रस्तावकमा राजेन्द्र कुमार शाही र समर्थकमा हिराज कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रमुख र उपप्रमुखमा तालमेल गरेपनि दुवै दलले वडातहमा भने छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै दलको तर्फबाट उपमहानगरपालिकाको २४ वटै वडामा छुट्टाछुट्टै उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

केन्द्रीय गठबन्धनको निर्णयलाई अस्विकार गर्ने बताउदै आएको कांग्रेससहित जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले आफूहरु छुट्टै तालमेल गर्ने भन्दै विज्ञप्ती जारी गरेका थिए । माओवादी एकलौटी ढंगले गठबन्धनको मर्म विपरित अघि बढेको भन्दै विज्ञप्ती जारी गरेका तीन दलबीच सोमबार आपसी तालमेल देखिएन् । तीनवटै दलले सबै वडामा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्