सशस्त्र प्रहरीद्वारा रौतहटका दुई सय विपन्न परिवारलाई कम्बल वितरण


eShilalekh

२१ पुष २०८२, सोमबार १५:०९

रौतहटः २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपालले सोमबार अति विपन्न तथा सीमान्तकृत समुदायलाई कम्बल वितरण गरेको छ ।

बढ्दो चिसो र शीतलहरबाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले रौतहट जिल्लाका दुई सय विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटसँगको सहकार्य र सशस्त्र प्रहरी बल नेपाल नं.११ गण हेडक्वार्टर रौतहटको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीका अनुसार ईशनाथ नगरपालिका ४ रामनगर बस्तीका ७० घरपरिवार, बौधिमाई नगरपालिका ७, राम बस्तीका ७० घरपरिवार र राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बस्तीका ६० घरपरिवार गरी कुल दुई सय घरपरिवारलाई कम्बल प्रदान गरिएको छ ।

कम्बल वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले सशस्त्र प्रहरीले शान्ति सुरक्षाका अतिरिक्त देखाएको मानवीय र सामाजिक उत्तरदायित्वको उच्च प्रशंसा गरका थिए ।

प्रतिक्रिया दिनुहोस्