रौतहटमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट: रौतहटको हुलाकी राजमार्गअन्तर्गत भुवाली चोकमा सोमबार बिहान ईभी भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बौधीमाई नगरपालिका २ इनर्वा गाउँका २५ वर्षीय दीपेन्द्र बैठा रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्रराज कंडेलका अनुसार दुर्घटनामा संलग्न ईभी भ्यान र त्यसका चालक राजपुर नगरपालिका ५ का २५ वर्षीय उपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





