जीतपुरसिमरा: एमालेको दलित महिला सदस्य उम्मेदवार निर्विरोध निर्वाचित


eShilalekh

१६ बैशाख २०७९, शुक्रबार १८:५१

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी लालमुनी देवी ठाकुर निर्विरोध निर्वाचित भएकी छिन् ।

उपमहानगरपालिकाको वडा नं. २४ को दलित महिला सदस्य पदका लागि ठाकुरको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृत टिकामणी न्यौपानेले शुक्रवार ठाकुरलाई निर्विरोध निर्वाचित घोषणा गरेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि ठाकुर निर्विरोध निर्वाचित भएकी थिईन् । अघिल्लो स्थानीय तहमा निर्वाचनमा पनि उनको एकल उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्