वीरगन्जमा आज दिउँसो १ बजेसम्म कर्फ्यु थप

वीरगन्ज: वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू गरिएको कर्फ्यु आदेश पुनः थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले शान्तिसुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य हुन नसकेको जनाउँदै कर्फ्यु अवधि मंगलबार दिउँसो १ बजेसम्मका लागि निरन्तरता दिएको हो।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न कर्फ्यु कायम राखिएको हो।
यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रभर मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो। तर अवस्था सामान्य नदेखिएपछि प्रशासनले कर्फ्यु अवधि थप गर्ने निर्णय गरेको हो।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ।
धनुषाको कमला नगरपालिका ६ सखुवा मरानमा रहेको मस्जिदमा गत शनिवार तोडफोड र धार्मिक कागजातहरू जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि तनाव सुरु भएको हो ।






