पर्सामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद


eShilalekh

२३ पुष २०८२, बुधबार १८:१३

वीरगन्ज: पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले ठोरी गाउँपालिका ३ ब्रह्मनगरदेखि पश्चिमतर्फ जाने कच्ची सडकखण्ड नजिकबाट एक सय ५७ किलो ९५० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो।

लागूऔषध गाँजाको भण्डारण तथा बिक्री वितरणमा संलग्न रहेको आशंकामा प्रहरीले ब्रह्मनगरका ४२ वर्षीय छिरिङ दोङको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरको माथिल्लो तलाको कोठाभित्र निलो प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा ९५० ग्राम लागूऔषध गाँजा फेला परेको पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

त्यसैगरी सोही घरबाट करिब १५ मिटर उत्तरतर्फ रहेको खेतमा उखुको पातले छोपेर रातो रङको प्लास्टिकले बेरिएको अवस्थामा १० पोकामा राखिएको एक सय ५७ किलो लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

लागूऔषध गाँजाको भण्डारण तथा बिक्रीका लागि राखिएको उक्त गाँजासम्बन्धी घटनामा संलग्न रहेको आशंकामा छिरिङ दोङको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्