मधेश प्रदेशकै गौरव बनेर राष्ट्रिय लिग खेल्दै नव जनजागृति, सिमराबाट गरियो बिदाई

सिमराः राष्ट्रिय लिग खेल्ने नव जनजागृति युवा क्लबका खेलाडीलाई बिहीबार सिमराबाट बिदाई गरिएको छ । सिमरा रंगशालास्थित प्रभु राजी एनजेजेवाईसी एकेडेमीमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेलाडीको बिदाई गरेका हुन् ।
अखिल नेपाल फुटबल संघको आयोजनामा पुस ३० गतेदेखि राष्ट्रिय लिग सुरु भईसकेको छ । लिगका खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । नव जनजागृतिले शनिबार चित्लाङ फुटबल क्लबविरुद्ध पहिलो खेल खेल्दै राष्ट्रिय लिगको सुरुवात गर्नेछ । राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगबाट छनौट भएका मोफसलका चार गरी १७ टोली सहभागी हुँदैछन् ।
गत कार्तिकमा मकवानपुरको गौरीटार रंगशालामा सम्पन्न प्रेसिडेन्ट लिगको सेमिफाइनलमा पुग्ने चार टोली राष्ट्रिय लिगमा छनौट भएका थिए । जिल्ला र प्रदेश लिग जित्दै प्रेसिडेन्ट लिग खेलेका नव जनजागृति, पोखराको लालिगुराँस एशोसिएसन, सुर्खेतको काँक्रेबिहार युवा क्लब र चित्लाङ फुटबल क्लब मोफसलबाट राष्ट्रिय लिगमा छनौट हुन सफल भएका टोली हुन् ।
राष्ट्रिय लिगमा छनौट भएदेखि नव जनजागृतिले सिमरा रंगशालामा तयारी गरिरहेको थियो । लिग खेल्न नव जनजागृतिले स्थानीयसहितलाई समेटेर टोली तयार गरेको छ ।
नव जागृतिको टोलीः
दिलमणी चौधरी, तबरेज मिया, सौरभ बिक्रम कार्की, सञ्जय चौधरी, सागर चौधरी, अभिषेक चौधरी, सागर थारु, विकास दास थारु, राजकुमार चौधरी, प्रविण धामी, समिर चौधरी, बिक्रम थोकर, सन्तोष थापा, अमर डंगोल, उमेश सञ्जेल, अन्जन बछार, अमित बछार, उदित नारायण चौधरी, कृपाकान्त चौधरी, रञ्जय राय चौधरी, अजित चौधरी, साजनराज गौतम, प्रज्वल थापामगर, रोहन तामाङ, मिनेश मोक्तान, सञ्जय राजभक, स्यामुल तामाङ, समिन अर्जेल र दिव्यांशु सिंह
अफिसियल:
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षक मुन्ना खान थारु, गोलरक्षक प्रशिक्षक दीपेश यादव, फिजिओ अबान्तिका बानियाँ, टिम व्यवस्थापक राजदास श्रेष्ठ, किट्स व्यवस्थापक राजकिशोर धामी, क्लब अफिसियल रामचन्द्र लामा र दुर्गाबहादुर थापा






