लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य साह एमालेमा प्रवेश


eShilalekh

१७ बैशाख २०७९, शनिबार १८:१०

सिमराः नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य श्रीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले वडा नं. ७ को वडा कमिटीले शनिवार जीतपुरमा आयोजना गरेको चुनावी भेलामा साह एमाले प्रवेश गरेका हुन् ।

साहलाई एमाले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहईन्चार्ज ज्वालाकुमारी साहले टिका लगाएर स्वागत गरेकी थिईन् । साहलाई स्वागत गर्दै पोलिटव्युरो सदस्य साहले अबको निर्वाचनमा एमालेले गठबन्धनलाई पराजित गर्ने दाबी गरिन् ।

कार्यक्रममा एमाले बाराका पूर्वअध्यक्ष देवनारायण चौधरी, एमाले बाराका उपसचिव अमृतशर्मा बजगाई, एमाले बारा सचिवालय सदस्य एवम् जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीका संयोजक मनोज पौडेल, एमाले वडा नं. ७ का उम्मेदवार सुनिल गुप्ता, एमाले नेता मोजाहिर अंसारी, मनोज चौधरी, मनोज साहलगायत नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

भेलाले जिल्ला कमिटी सदस्य देवी सापकोटाको संयोजकत्वमा चार सय एक सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्