सिमरामा यसरी लिदैछन् निर्वाचन प्रहरीले तालिम (तस्वीरहरु)


eShilalekh

२६ माघ २०८२, सोमबार १६:५०

सिमराः फाल्गुन २१ गते हुने निर्वाचनको सुरक्षार्थ थप मद्यतस्वरुप बारामा भर्ना गरिएका निर्वाचन प्रहरीहरु अहिले प्रशिक्षणरत छन् । उनिहरुलाई जिल्लाको विभिन्न प्रहरी कार्यालय मातहत राखेर प्रशिक्षण गराईदैछ ।

बारामा निर्वाचन प्रहरीका लागि नेपाल प्रहरीतर्फ तीन हजार ६ सय ३८ र सशस्त्र प्रहरीतर्फ तीन सय ९८ जना छनौट भएका थिए । नेपाल प्रहरीतर्फ छनौट भएकालाई नेपाल प्रहरीले र सशस्त्र प्रहरीतर्फ छनौट भएकालाई सशस्त्र प्रहरीले प्रशिक्षण दिईरहेको छ ।

बारामा नेपाल प्रहरीतर्फ छनौट भएकामध्ये तीन सय ६ जना अहिले सिमरा रंगशालामा तालिमरत छन् ।

हेर्नुहोस सिमरा रंगशालामा तालिमरत निर्वाचन प्रहरीको तस्वीरः

भिडियो हेर्न यहाँ थिच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्