जीतपुरसिमरा १ मा एमालेको घरदैलो


eShilalekh

१९ बैशाख २०७९, सोमबार २१:५०

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ मा सोमबार नेकपा एमालेको घरदैलो सम्पन्न भएको छ । सिमरास्थित तराई यातायात व्यवसायी संघको कार्यालय अगाडीबाट सुरु भएको घरदैलो सिमरा पुगेर सम्पन्न भएको थियो ।

सिमराको विकासशिल चोक हुदै मनकामना टोल पुगेर घरदैलो सम्पन्न भएको वडाध्यक्षका उम्मेदवार ताराबहादुर बस्नेत (हिरा) ले जानकारी दिए । घरदैलोमा करिब चार सय एमालेका नेताकार्यकता सहभागी थिए ।

बैशाख ३० गते हुने निर्वाचन नजिकिएसंगै एमालेले वडाभित्रको घरदैलो अभियानलाई तिब्रता दिएको छ । एमालेले वडा नं. १ मा अध्यक्ष पदमा बस्नेत, सदस्यमा नारायण लामा, ईश्वर थपलिया, महिला सदस्यमा लक्ष्मी आचार्य (भावना) र दलित महिला सदस्यमा शान्ति परियारलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्