जीतपुरसिमरा नगर अस्पतालको ओपीडी सेवा सुरु

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नगर अस्पतालमा चिकित्सक र जनप्रतिनिधिबीचको विवादका कारण ठप्प भएको ओपीडी (बहिरंग सेवा) सेवा पुनः सञ्चालनमा आएको छ।
यसअघि जनप्रतिनिधिले ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै अस्पताल प्रशासनले सम्पूर्ण सेवा बन्द गरेको थियो। चिकित्सकले बिरामीको उपचार तथा परामर्श गरिरहेकै क्रममा बिरामीमा ‘सिजर’ देखिएपछि उत्पन्न विवाद चर्किएको बताइएको थियो। घटनाको विरोधमा अस्पतालका कर्मचारीहरूले सामूहिक हस्ताक्षरसहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
विवाद समाधानका लागि राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, वडाध्यक्ष धनबहादुर श्रेष्ठ तथा अस्पतालका सदस्यसचिव रमेश सुवेदी सहित व्यवस्थापन समितिको पहलमा छलफल भएको थियो। छलफलपछि आपसी समझदारी कायम गर्दै अस्पतालका सबै सेवा पुनः सुचारु गरिएको जनाइएको छ।
अस्पताल प्रशासनले अबदेखि यस्ता घटना दोहोरिन नदिन आवश्यक समन्वय र संवादलाई प्राथमिकता दिने जनाएको छ।
यो पढ्नुहोस्






