जीतपुरसिमरा १४ मा एमालेको घरदैलो


eShilalekh

२० बैशाख २०७९, मंगलवार १९:२२

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ मा नेकपा एमालेले र्‍यालिसहित घरदैलो आयोजना गरेको छ । बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले उक्त वडामा घरदैलो अभियानलाई तिब्रता दिएको हो ।

वडाध्यक्षका उम्मेदवार चयन गुरुङसहित करिब दुई सय एमाले नेताकार्यकर्ता घरदैलोमा सहभागी थिए । स्कुल टोलदेखी सुरु भएको घरदैलो चौतारा टोलमा पुगेर सम्पन्न भएको थियो ।

मतदातासंग मत माग्दै वडाध्यक्ष उम्मेदवार चयन गुरुङ ।

एमालेले वडा नं. १४ मा गुरुङलाई वडाध्यक्षको रुपमा अघि सारेको छ । एमालेले उक्त वडामा महिला सदस्य पदमा रामपती धामी, दलित महिला सदस्यमा गिता सार्की, तेजनारायण चौधरी र यमनाथ ढकाललाई सदस्य पदको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्