जीतपुरसिमरा २ मा एमालेको घरदैलो, उम्मेदवार उत्साहित


eShilalekh

२० बैशाख २०७९, मंगलवार १९:३५

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा नेकपा एमालेको घरदैलो सम्पन्न भएको छ । वडा नं. २ को रेलवे लाईन, मुसर्नीमाई, कृष्णमन्दिर, शान्तिनगर, हरियाली, प्रभात, फूलवारी, छठिमाई र जानकी टोलामा घरदैलो सम्पन्न भएको हो ।

एमालेले बैशाख १७ गतेदेखी आफ्नो योजना र घोषणापत्रसहित वडामा घरदैलो सुरु गरेको थियो । वडा नं. २ मा यसपटक एमालेले धनबहादुर श्रेष्ठलाई अध्यक्ष, मिरादेवी ढकाल महिला सदस्य, लक्ष्मी विश्वकर्मा दलित महिला सदस्य, उद्धव गौतम र विशाल घिमिरेलाई सदस्य पदको उम्मेदवार बनाएको छ ।

उम्मेदवारको मनोनयन दर्तापछि वडाभित्र टोल भेला सम्पन्न गरी घरदैलोको अभियानलाई अघि बढाइएको वडा कमिटी अध्यक्ष रविन्द्र खकुरेलले जानकारी दिए । घरदैलोमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएकाले उम्मेदवार र आफूहरु उत्साहित भएको खकुरेलले बताएका छन् ।

पाँच हजार एक सय ५२ मतदाता रहेको उक्त वडाको नेतृत्वका लागि एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतािन्त्रक समाजवादी पार्टी र राप्रपाका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्