प्रत्येक पालिकामा तालिम केन्द्र बनाउछौं: राप्रपा अध्यक्ष लिङ्देन


eShilalekh

२० बैशाख २०७९, मंगलवार २०:०९

सिमराः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले जित्ने प्रत्येक पालिकामा तालिम केन्द्र बनाउने बताएका छन् । स्वरोजगारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने हेतुका साथ तालिम केन्द्र स्थापना पार्टीको प्राथमिकतामा पर्ने लिङ्देनले बताए ।
राप्रपा जीतपुरजितपुरसिमरा नगर कमिटीले मंगलवार सिमरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले पालिकाभित्र बन्ने तालिम केन्द्रबाट उत्पादन भएका जनशक्तिले स्वरोजगार हुन चाहेमा सस्तो ब्याजदरमा ऋण समेत उपलब्ध गराउने बताए ।

अध्यक्ष लिङ्देनले स्वास्थ्य, कृषी र खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्ने र त्यसमध्ये स्वास्थ्य परिक्षणका लागि जनताको घरमै पुग्ने योजना पार्टीको रहेको बताएका छन् । उनले राप्रपा निर्वाचित भएको पालिकाभित्रका नागरिकलाई राहत दिन ५० प्रतिशत कर कटौती गरिने बताएका छन् ।

राप्रपालाई जनताको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गर्दै अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको पक्षमा खुलेर मतदान गर्न आग्रह गरे । कार्यक्रममा राप्रपाबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखका उम्मेदवार माधव त्रिपाठी, उपप्रमुखको उम्मेदवार सुष्मा मिश्रलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्