जीतपुरसिमरा १२ मा एमालेको घरदैलो


eShilalekh

२१ बैशाख २०७९, बुधबार १९:१८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १२ मा बुधवार नेकपा एमालेको घरदैलो सम्पन्न भएको छ । वडाको फत्तेपुर, पिपरियालगायत विभिन्न स्थानमा एमालेले उम्मेदवारसहित घरदैलो गरेको थियो ।

घरदैलोमा एमालेकी नगर प्रमुख उम्मेदवार सरस्वती देवी चौधरी, उपप्रमुख पदका उम्मेदवार भोलाप्रसाद अधिकारी, वडाध्यक्ष श्याम बाबु खाँ, महिला सदस्य पुनम चौधरी, दलित महिला सदस्य प्रतिमा पासवान, होमनाथ पण्डित र ठागा खाँ थारुलगायत सहभागी थिए ।

घरदैलोमा स्थानीय महिलाको उत्साह जनक सहभागिता रहेको एमाले जीतपुरसिमरा नगर कमिटी सदस्य गणेश कोईरालाले जानकारी दिए । घरदैलोको उपस्थितीले वडामा जित सुनिश्चित देखाएको कोईरालाले दावी गरे ।

घरदैलोमा प्रमुख पदकी उम्मेदवार चौधरीले वडाबासीको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएको कोईरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्