हेटौंडामा रोयल इन्फिल्डको मेगा राइड, सिमरा इन्फिल्डर्स पनि सहभागी


eShilalekh

१ चैत्र २०८२, आईतवार १८:५४

सिमराः प्रतिष्ठित मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले हेटौंडामा पहिलो पटक ‘मेगा राइड’ को आयोजना गरेको छ। ब्रान्डको प्रवर्द्धन गर्नुका साथै रोयल इन्फिल्ड प्रयोगकर्ताहरूलाई एकआपसमा जोड्ने उद्देश्यसहित ‘वन ट्राइब राइड’ को नारासहित मेगा राइडको आयोजना गरिएको हो।

हेटौंडास्थित रोयल इन्फिल्डको शोरुमबाट सुरु भएको राइड रमणीय स्थल मकवानपुरगढी हुँदै रिगल हेटौंडा रिसोर्टमा पुगेर समापन गरिएको थियो। करिब डेढ सयभन्दा बढी राइडरहरूको लामो काफिलाले सडकमा विशेष आकर्षण थपेको थियो।

समापन कार्यक्रममा सांगीतिक प्रस्तुति, भेटघाट तथा राइडरहरूबीच आपसी सम्बन्ध र सद्भाव बढाउने उद्देश्यले विभिन्न रचनात्मक गतिविधिहरू पनि आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी हुन सिमरा इन्फिल्डर्स समूहबाट पनि राइडरहरू हेटौंडा पुगेका थिए।

यस प्रकारका सामूहिक राइड कार्यक्रमले राइडरहरूबीच आपसी एकता र मित्रता बढाउन सहयोग पुग्ने अपेक्षा सहभागीले गरेका छन् । राइडर्सले यस्तो कार्यक्रमलाई निरन्रतरता दिन सुझावसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्