जीतपुरसिमरा ४ मा एमालेको घरदैलो


eShilalekh

२१ बैशाख २०७९, बुधबार २१:०७

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ मा बुधवार नेकपा एमालेको घरदैलो सम्पन्न भएको छ । वडाध्यक्षका उम्मेदवार भागवत चौधरीसहित उम्मेदवारले शिवमन्दिर टोल, चौधरी टोल, शान्ती टोल, बोरिङ टोललगायतका स्थानमा घरदैलो गरेका हुन् ।

घरदैलोमा एमालेबाट वडाध्यक्षका उम्मेदवार भागवत चौधरीले वडाको बिकासका लागि आफूलाई मतदान गर्न मतदातालाई आग्रह गरेको युवा कार्यकर्ता राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी अध्यक्ष अर्जुन रसाईलीले जानकारी दिए ।

एमालेले वडा नं. ४ को वडाध्यक्षमा चौधरीसहित होमदेवी तिमिल्सिना, सरिता राम, राजकुमार थापा र शेख नसिम हुसेनलाई सदस्यको उम्मेदवार बनाएको छ ।

घरदैलोमा एमाले मधेस प्रदेश कमिटी सदस्य कोपिला सिम्खडा, जिल्ला कमिटी सचिवालय सदस्य रेणु पराजुली, जिल्ला कमिटी सदस्य एवम् निर्वाचन परिचालन कमिटी संयोजक रमेश खरेल, जिल्ला कमिटी सदस्य कासिम हुसेन, नगर कमिटी सचिव त्रिलोक शाह ठकुरी, पूर्व जिल्ला कमिटी सदस्य हरी सोढारी, ऋषीराज लुँइटेल, सुमन कार्कीलगायतको उपस्थीत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्