गठबन्धनका उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता पत्र


eShilalekh

२२ बैशाख २०७९, बिहीबार ०८:२७

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

सिमरामा कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पदका उम्मेदवार राजन पौडेल र उपप्रमुख पदकी उम्मेदवार मेघा शाहीले प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, खानेपानी तथा सरसफाई, बाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, कर प्रणाली, गरिव तथा भुमिहिन व्यवस्थापन, प्रशासन व्यवस्थापन, पर्यटन तथा संस्कृती, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सुचना प्रविधि, वन तथा पर्यावरण, कृषि, महिला तथा बालबालिका, सहकारी तथा संघसंस्था व्यवस्थापनलाई प्राथकितामा राखिएको छ ।

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्मा, नेपाली कांग्रेसकी नेतृ नारायणी रायमाझी, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका नगर सभापती छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक राजु अधिकारीले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्