जीतपुरसिमरा ६ मा एमालेको र्‍याली र घरदैलो, उम्मेदवार अंसारी उत्साहित


eShilalekh

२२ बैशाख २०७९, बिहीबार १९:२६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ मा विहिवार नेकपा एमालेको र्‍यालीसहितको घरदैलो सम्पन्न भएको छ ।

नगर प्रमुख पदका उम्मेदवार सरस्वतीदेवी चौधरी, उपप्रमुख पदका उम्मेदवार भोलाप्रसाद अधिकारी, वडाध्यक्षका उम्मेदवार कैमुदिन अंसारीसहितका उम्मेदवारले घरदैलो गरेका हुन् ।

घरदैलोमा स्थानीयको सहभागीताले आफू उत्साहित रहेको अंसारीले बताए । अंसारी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक पुनः उम्मेदवारी दिएका अंसारी आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।

भूगोल र जनसंख्याका आधारमा उक्त वडा उपमहानगरपालिकाको सबैभन्दा सानो वडा हो । मुस्लिम समुदायको बसोबास बढी रहेको उक्त वडामा कुल एक हजार दुई सय ८१ मतदाता छन् ।

एमालेले उक्त वडामा खुबलाल महतो, विन्देश्वर सिंह, बुधकुमारी अधिकारी र ववितब देवी माझीलाई सदस्यको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्