प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीले सुदूरपश्चिमलाई दियो ब्याटिङको निम्तो


eShilalekh

१६ चैत्र २०८२, सोमबार ०९:३४

वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार हुने खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई ब्याटिङको निम्तो दिएको छ ।वीरगन्जस्थित नारायणी रंगशालामा टस जितेर लुम्बिनीले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हो ।

सुदूरपश्चिम कप्तान शेर मल्लको कप्तानीमा मैदानमा उत्रनेछ भने लुम्बिनी देव खनालको कप्तानीमा रहनेछ।जारी प्रतियोगितामा सुदूरपश्चिम चार अंकसहित प्रतियोगिताको चौथो स्थानमा छ भने लुम्बिनी तीन अंक सहित पाँचौं स्थानमा छ ।

सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमा दुई जित र एक हारको सामना गरेको छ। लुम्बिनीले भने तीन खेलमा एक जित र एक हारको नतिजा निकाल्दा एक खेल वर्षाका कारण रद्द भएपछि कर्णालीसँग अंक बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्