जीतपुरसिमरा २ मा माओवादीको वडाध्यक्षका उम्मेदवार श्रेष्ठको घरदैलो


eShilalekh

२२ बैशाख २०७९, बिहीबार २१:३०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा नेकपा माओवादी केन्द्रको घरदैलो सम्पन्न भएको छ । वडाध्यक्ष पदका उम्मेदवार तिलकबहादुर श्रेष्ठसहितका उम्मेदवारले घरदैलो गरेका हुन् ।

वडा नं. २ को रेलवे टोल, सुर्य नेपाल पछाडीको टोलमा घरदैलो भएको हो । घरदैलोमा वडा सदस्य पदका उम्मेदवार सुमित्रा कार्की, गंगा बस्नेत, श्यामा सापकोटा र चिनिमाया दर्जीलगायत माओवादीका नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

वडा नं. २ मा पाँच हजार एक सय ५१ मतदाता रहेका छन् । उक्त वडामा माओवादी र एकिकृत समाजवादी तालमेल रहेको छ । समाजवादीबाट परियार सदस्यको उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्