जीतपुरसिमरा क्रिकेट कप शनिबार सुरु हुँदै, उद्घाटन खेलमा पर्सा र सर्लाही भिड्ने


eShilalekh

२० चैत्र २०८२, शुक्रबार १७:४४

सिमरा: जीतपुरसिमरा स्पोर्ट्स क्लबको आयोजनामा जीतपुरसिमरा क्रिकेट कप शनिबारदेखि सिमरामा सुरु हुँदैछ। 

प्रतियोगिताको उद्घाटन खेलमा पर्सा र सर्लाही भिड्नेछन् । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा दुई टोलीबीचको खेल बिहान ११:४५ मा सुरु हुनेछ ।

यसपटकको प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवन जिल्लाका टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको पुरस्कार राशिमा यसपटक वृद्धि गरिएको छ । जसअनुसार विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

यसअघिको संस्करणमा विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गरेका थिए। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट बलर र ब्याटरले जनही पाँच हजार रुपैयाँ पाउनेछन्।

जीतपुरसिमरा उपमहानगरपालिका मुख्य सहयोगी रहेको यस प्रतियोगितालाई नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सले पनि साथ दिएको छ।

प्रतिक्रिया दिनुहोस्