प्रधानमन्त्री कप फाइनल: आर्मीलाई १६२ रनको लक्ष्य


eShilalekh

४ बैशाख २०८३, शुक्रबार १२:०६

वीरगन्जः प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले १६२ रनको लक्ष्य पाएको छ । वीरगन्जस्थित नारायणी मैदानमा शुक्रबार टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेश ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए भने किरण ठगुन्नाले ३५ र नारायण जोशीले २९ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन ।

खराब सुरुवात गरेको सुदूरपश्चिमले मात्र ३१ रनमै पाँच विकेट गुमाएको थियो । सुरुवाती पाँच ब्याटर सस्तैमा आउट हुँदा टोली दबाबमा परेको थियो । कप्तान शेर मल्ल एक रनमै पेभिलियन फर्किए ।

बलिङतर्फ आर्मीका आकाश चन्द र साहब आलमले समान तीन/तीन विकेट लिए। बसिर अहमदले दुई विकेट पाउँदा कुशल मल्लले एक विकेट हात पारे ।

अब आर्मीले उपाधि जित्न १६२ रनको लक्ष्य पछ्याउनेछ।

प्रतिक्रिया दिनुहोस्