एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल सिमरा आउँदै


eShilalekh

२७ बैशाख २०७९, मंगलवार ०७:४६

सिमराः नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल मंगलवार सिमरा आउने भएका छन् ।

जीतपुरसिमरा निर्वाचन परिचालन कमिटीले सिमरामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न नेता पोखरेल सिमरा आउन लागेका हुन् ।

सिमरास्थित वडा नं. २ को कार्यालय अगाडी हुने सभालाई पोखरेलसहित एमालेका पोलिटव्युरो सदस्य, नगर प्रमुख उम्मेदवारलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको निर्वाचन परिचालन कमिटी संयोजक मनोज पौडेलले जानकारी दिए ।

सभामा २४ वटै वडाबाट एमालेका उम्मेदवारसहित नेताकार्यकर्ताको उपस्थिती रहनेछ ।

प्रतिक्रिया दिनुहोस्