अनिलको कप्तानीमा ओमनसँग खेल्ने टोलीको घोषणा


eShilalekh

८ बैशाख २०८३, मंगलवार १८:१८

सिमराः नेपाल क्रिकेट संघ (क्यान) ले अनिलकुमार साहको कप्तानीमा नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ । ओमानसँग हुने दुई एक दिवसीय खेलका लागि साहको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।

टोलीमा तृतराज दास, देव खनाल, इशान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, रासिद खान, साहब आलम, हेमन्त धामी, रिजन ढकाल, आकाश चन्द, युवराज खत्री र शेर मल्ल छन् ।

मुलपानी मैदानमा ओमनसँग नेपालले बुधबार र शुक्रबार एक दिवसीय खेल खेल्नेछ । हालै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटबाट छानिएका ३२ खेलाडीमध्ये १४ जनालाई अन्तिम टोलीमा छनौट गरिएको हो ।

आईसीसी पुरुष क्रिकेट वर्ल्डकप लिग–२ का लागि ओमान यतिबेला नेपाल आएको छ । लिग २ को खेल शनिबारदेखि सुरु हुँदैछ । लिग २ मा नेपाल, ओमान र युएई भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्