एमालेको मेयर उम्मेदवार चौधरीले गरिन् मतदान


eShilalekh

३० बैशाख २०७९, शुक्रबार ०८:२३

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एमाले नगर प्रमुख पदकि उम्मेदवार सरस्वती देवि चौधरीले मतदान गरेकी छिन् ।

जीतपुरसिमरा ४ स्थित औराहमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालय मतदान केन्द्रबाट चौधरीले मतदान गरेकी हुन्।

यसैगरी एमाले नगर उपप्रमुख पदका उम्मेदवार भोला प्रसाद अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

८९ वटा मतदान केन्द्र रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा सत्तरी हजार ६४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्