जीतपुरसिमरा २४ मा गठबन्धन एक मतले अगाडी, लोसपासंग प्रतिस्पर्धा


eShilalekh

३१ बैशाख २०७९, शनिबार १३:३३

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २४ को जारी मतगणनाअनुसार नगरको प्रमुख पदमा गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टीबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्मको मतगणनाअनुसार प्रमुख पदमा लोसपा भन्दा गठबन्धन एक मतले अगाडी छ । गठबन्धनका प्रमुख उम्मेदवार राजन पौडेलले पाँच सय ६९ प्राप्त गर्दा लोसपाका संजय साहले पाँच सय ६८ मत प्राप्त गरेका छन् । उक्त वडामा करिब तीन सय मत गणना हुन बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उपप्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाही अगाडी देखिएकी छिन् । उपप्रमुख पदमा लोसपाकी बिपी मोत्तानले पाँच सय ६६ मत प्राप्त गरेकी छिन् ।

वडाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार सुलतान अंसारीले ६ सय पाँच मत प्राप्त गर्दा लोसपाका कलामुद्धिन मिया अंसारीले पाँच सय ६६ मत प्राप्त गरेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा जित हात पारेको एमालेले भने उक्त वडामा दुई सय ७७ मत मात्रै प्राप्त गरेको छ ।

एमालेले उक्त वडाबाट प्रमुख र उपप्रमुख पदका लागि समान २७५/२७५ मत प्राप्त गरेको छ ।

हालसम्म गणना भएको मतगणनाको पूर्ण विवरणः
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २४
गठबन्धन
प्रमुख (माओवादी): ५६९
उपप्रमुख (कांग्रेस): ६०२
वडाध्यक्ष (कांग्रेस): ६०५
महिला सदस्य (कांग्रेस): ६०३
खुल्ला सदस्य (कांग्रेस): ६००
खुल्ला सदस्य (कांग्रेस): ५८८

लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुखः ५६८
उपप्रमुखः ५६६
वडाध्यक्षः ५६६
महिला सदस्यः ५६६
खुल्ला सदस्यः ५६६
खुल्ला सदस्यः ५६६

नेकपा एमाले
प्रमुखः २७५
उपप्रमुखः २७५
वडाध्यक्षः २७७
महिला सदस्यः २७८
दलित महिला सदस्यः लालमुनी देवी ठाकुर (निर्विरोध निर्वाचित)
खुल्ला सदस्यः २७८
खुल्ला सदस्यः २७८

प्रतिक्रिया दिनुहोस्