जीतपुरसिमराः वडा नं. १ मा कांग्रेसको अग्रता


eShilalekh

३१ बैशाख २०७९, शनिबार १५:५१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको वडाध्यक्षका उम्मेदवार हिराबहादुर गुरुङले अग्रता लिएका छन् ।

वडा नं. १ को जारी मतगणनाको प्रारम्भिक अनुसार कांग्रेसका उम्मेदवार गुरुङले नेकपा एमालेका उम्मेदवार हिरा बस्नेत भन्दा १४७ मतले अग्रता लिएका हुन् ।

गुरुङले चार सय ४४ मत प्राप्त गर्दा बस्नेतले दुई सय ९७ मत पाएका छन् ।

प्रमुख र उपपुखमा पनि गठबन्धनको उम्मेदवार अगाडी
वडा नं. १ को मतगणना अनुसार नगर प्रमुख र उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार अगाडी देखिएका छन् ।

गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेदवार राजन पौडेलले चार सय ५० मत प्राप्त गर्दा एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीले दुई सय ७३ मत प्राप्त गरेकी छिन् ।

यसैगरी गठबन्धनको तर्फबाट उपप्रमुखकी उम्मेदवार मेघा शाहीले चार सय ४१ प्राप्त गर्दा एमालेका उम्मेदवार भोला प्रसाद अधिकारीले दुई सय ८० मत पाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १
नेकपा एमाले
प्रमुखः २७३
उपप्रमुखः २८०
वडाध्यक्षः २९७
महिला सदस्यः २९४
दलित महिला सदस्यः २९५
खुल्ला सदस्यः २९४
खुल्ला सदस्यः २८१

गठबन्धन
प्रमुख (माओवादी) : ४५०
उपप्रमुख (कांग्रेस): ४४१
वडाध्यक्ष (कांग्रेस): ४४४
महिला सदस्य (कांग्रेस) :४३८
दलित महिला सदस्यः ४३९
खुल्ला सदस्य (कांग्रेस) : ४३७
खुल्ला सदस्य (कांग्रेस) : ४३८

एकिकृत समाजवादी पार्टी
वडाध्यक्षः २
महिला सदस्यः १
दलित महिला सदस्यः १
खुल्ला सदस्यः २
खुल्ला सदस्यः ६

राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुखः ९
उपप्रमुखः १२
वडाध्यक्षः ४
महिला सदस्यः ८
दलित महिला सदस्यः ५
खुल्ला सदस्यः ६

प्रतिक्रिया दिनुहोस्